दफा
बैंक वा वित्तीय संस्थाको संस्थापना
(१) यस ऐन बमोजिम बैंकिङ्ग तथा वित्तीय कारोबार गर्नको लागि बैंक वा वित्तीय संस्था संस्थापना गर्न चाहने कुनै पनि व्यक्तिले त्यस्तो बैंक वा वित्तीय संस्था प्रचलित कानून बमोजिम पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता गराउनु पर्नेछ । तर यो ऐन प्रारम्भ हुँदाका बखत सञ्चालनमा रहेका बैंक वा वित्तीय संस्थाले यो उपदफा बमोजिम दर्ता गर्नु पर्ने छैन । (२) उपदफा (१) बमोजिम कम्पनी दर्ता गर्न प्रचलित कानून बमोजिम अख्तियार पाएको अधिकारीले कम्पनी दर्ता गर्दा दफा ४ को अधीनमा रही गर्नु पर्नेछ ।